लैङ्गिक उत्तरदायी बजेट पद्धतिबारे अन्तरक्रिया, निर्णायक सहभागिता नभएको महिला जनप्रतिनिधिको गुनासो

राम धामी, डडेल्धुरा । डडेल्धुराका बिभिन्न स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधीहरुले संवैधानिक ब्यवस्था अनुरुप स्थानीय तहमा महिला सहभागिता सुनिश्चित गरिएको भए पनि निर्णायक र सार्थक सहभागिता हुन नसक्दा महिला र सिमान्तकृत समुदायका पक्षमा काम गर्न नसकिएको दुखेसो पोखेका छन । दलित महिला संघ डडेल्धुराले बिहीबार सदरमुकाममा आयोजना गरेको लैगिंक उत्तरदायी बजेट पद्धति र महिला जनप्रतिनिधीहरुको […]

सम्बन्धित सामग्री

नवप्रवर्तन र वित्तीय साक्षरता महिला उद्यमशीलताको आधार

वीरगञ्ज । अर्थतन्त्रको उत्थानका लागि महिला उद्यमशीलता प्रवर्द्धनको आवश्यकता औंल्याइएको छ ।  आगामी शुक्रवार काठमाडौंमा आयोजना हुने ‘स्ट्याण्डर्ड चार्टर्ड न्यूबिज बिजनेश वुमन समिट एण्ड अवार्डस् २०२२’ को तयारी क्रममा आइतवार वीरगञ्जमा भएको अन्तरक्रियाका सहभागीले यस्तो टिप्पणी गरेका हुन् । कार्यक्रममा वीरगञ्ज भन्सारका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले महिला उद्यमशीलता प्रवर्द्धनका लागि वित्तीय साक्षरता र नवप्रवर्तनलाई जोड दिनुपर्ने बताए । एउटा उद्यमको तयारी वस्तु अर्कोको कच्चा पदार्थ हुन सक्ने भन्दै पौडेलले नवप्रवर्तनले उद्यमशीलताको दायरालाई फराकिलो पार्ने बताए ।   महिला उद्यमशीलतामा अवसर भए पनि त्यसलाई उपयोग गर्न नसकिएको भनाइ पौडेलको थियो । घरभित्र रहेका महिलालाई बाहिर ल्याएर उद्यममा जोड्न र उद्यममा सक्रियलाई अगाडि बढाउन प्रभावकारी नीति र त्यसको कार्यान्वयनमा उनले जोड दिए । ‘महिलालाई शीप विकासका तालीम दिएरमात्र हुँदैन । सिकेको शीप उपयोग भए/नभएको पनि हेर्नुपर्छ,’ उनले भने । न्यू बिजनेश एज प्रालिका अध्यक्ष तथा प्रधान सम्पादक मदन लम्सालले महिला सक्षम नभएसम्म देश समृद्ध नहुने बताए । उद्यमशीलताको माध्यमबाटै महिलाहरू सक्षम र सशक्त हुने अध्यक्ष लम्सालको भनाइ थियो । महिलालाई उद्यमशीलतातर्फ प्रोत्साहन गर्न अवार्ड र सम्मान आयोजना गर्न लागिएको उनले स्पष्ट पारे । आर्थिक विकासको नेतृत्व निजीक्षेत्रले गर्नुपर्ने पनि अध्यक्ष लम्सालको धारणा थियो । घरेलु तथा साना उद्योग कार्यालय पर्साकी प्रमुख रीमा साहले ग्रामीण क्षेत्रका महिला उद्यममा अगाडि बढ्न नसकेको बताइन् । महिला उद्यमशीलता प्रवर्द्धनका कार्यक्रममा ग्रामीण क्षेत्रमा महिलालाई समेत समेट्नुपर्ने प्रमुख साहको आग्रह थियो । शीपमूलक तालीममा पनि ग्रामीण क्षेत्रका महिलाको न्यून सहभागिता रहने गरेको पनि उनले सुनाइन् । नेपाल राष्ट्र बैंक क्षेत्रीय कार्यालय, वीरगञ्जका निर्देशक राजनदेव भट्टराईले महिला उद्यमीमा अझै पनि वित्तीय साक्षरता नपुगेको दाबी गरे । महिलालाई स्वरोजगार र उद्यमशील बनाउने नाममा सरकारी बजेट खर्च हुँदै आए पनि अपेक्षित उपलब्धि नदेखिएको निर्देशक भट्टराईको भनाइ थियो । महिला उद्यमीले सहुलियतपूर्ण कर्जा सहज रूपमा पाउन नसकेको गुनासो आएको भन्दै धितो नभएमा योजनाका आधारमा पनि ऋण प्रवाह गरिनुपर्ने उनले बताए । वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुवोधकुमार गुप्ताले १० प्रतिशत महिलामात्र उद्यमशील भएको दाबी गर्दै महिला अघि बढ्न नसक्नुमा पुरुषहरू पनि दोषी रहेको तर्क गरे । उनले महिला उद्यमशीलता प्रवर्द्धनका लागि पुरुषले सहयोग गर्नुपर्ने बताए । कुनै पेशा र व्यवसायमा पुरुषको तुलनामा महिला बढी इमान्दार हुने उनको दाबी थियो  । स्ट्याण्डर्ड चार्टर्ड बैंक मुख्य प्रायोजक र मुक्तिनाथ विकास बैंकको सहकार्य रहेको अवार्ड कार्यक्रमको तयारीका सन्दर्भमा भएको अन्तरक्रियात्मक तालीमका सहभागीले उत्पादनको बजारीकरण अभाव, प्रविधिमा पहुँचको कमी, सहज रुपमा कर्जा प्राप्त नहुनुजस्ता समस्याका कारण उद्यमशीलताका उपलब्धि नदेखिएको गुनासो गरेका थिए ।