भौगोलिक रूपमा विकट मानिएका दुर्गम जिल्लामा खाद्यान्न ढुवानी न्यून देखिएको छ । सरकारले २३ जिल्लालाई दुर्गम घोषणा गरे पनि लक्ष्यअनुसार खाद्यान्न ढुवानी गरेको छैन । सरकारले यी जिल्लामा चालु आर्थिक वर्षभित्र १ लाख ६४ हजार ९ सय क्विन्टल खाद्यान्न ढुवानी लक्ष्य राखेको थियो । तर आठ महिना बित्दा ढुवानी ४८ प्रतिशत मात्रै भएको छ ।