पाकिस्तानको सहायताले सत्तामा आएको तालिबानले उक्त देश आफ्नो दोस्रो घर जस्तो भएको बताएको छ ।
प्रवक्ता जबीउल्लाह मुजाहिदले बुधवार पाकिस्तानलाई दोस्रो घर जस्तो भएको बताएका हुन् । पाकिस्तानको हितविपरीत कुनै काम गर्न नदिने पनि उनले बताए ।
एक पाकिस्तानी टीभी च्यानलसँग कुरा गर्दै जबीउल्लाहले आफूहरू काबुल प्रवेश गरेको १२ दिन भएको र सबै इलाकामा नियन्त्रण कायम गरेको बताए । ती स्थानमा शान्ति र स्थिरता आइरहेको उनको भनाइ छ ।
पाकिस्तानको आतंकवादी संगठन टीटीपीका बारेमा कुरा गर्दै तालिबानले अफगानिस्तानको भूमि तेस्रो ...