२० वैशाख, धादिङ । धार्केस्थित गणेश खोला पुलमा सडक भासिएर अवरुद्ध भएको पृथ्वी राजमार्ग २ घन्टापछि एकतर्फी खुलेको छ । धादिङको गणेश खोला पुलनजिकै सडक भ्वांग परेर १२ बजेदेखि अवरुद्ध बनेको पृथ्वी राजमार्ग भासिएको ठाउँमा गिट्टी र ढुंगा भरेपछि एकतर्फी रूपमा सञ्चालनमा आएको जिल्ला ट्राफ़िक प्रहरी कार्यालय धादिङ गजुरीका प्रहरी निरीक्षक उद्भव पोखरेलले जानकारी दिए […]