दुर्गा प्रसाइँ भन्छन्, ‘काँग्रेसले उद्योगधन्दा बेचेपछि हरियो पासपोर्टको खेती मौलायो’

नेकपा (एमाले) का केन्द्रीय सदस्य एवम् उद्योग विभाग उपप्रमुख दुर्गा प्रसाईले नेपाली काँग्रेस नेतृत्वको सरकारले मुलुकका सबै उद्योग तथा कलकारखाना बेचेर सकेको आरोप लगाएका छन् । शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा उनले देशमा भएका सबै उद्योगधन्दा र कलकारखाना नेपाली काँग्रेसले सरकार चलाउँदा बेचेर सकेको आरोप लगाएका हुन् । प्रसाइँले काँग्रेसले २०४६ सालपछि अधिकांश समय सरकारको नेतृत्व गरेको र त्यसैबेला देशका सबै उद्योगधन्दा र कलकारखाना बेचिएको बताएका हुन् ।काँग्रेसले देशका उद्योगधन्दा बेचेर सकेकै कारण नेपालीहरु वैदेशिक रोजगारीका लागि विदेशिन बाध्य हुनुपरेको उनको दाबी छ । ‘२०४६ सालपछि २०६० सालसम्म काँग्रेस अधिकांश समय सत्तामा रह्यो, काँग्रेसको त्यो सत्तारोहणको पालामा देशमा भएका उद्योगधन्दा, कलकारखाना सबै बेचिएु प्रसाइँले भने, ‘उद्योगधन्दा, कलकारखाना बेचिएपछि युवाहरुको यो देशमा रोजगारी बन्द भयो र विदेश पलायन हुन बाध्य भए । हरियो पार्सपोर्टको खेती मौलायो ।’