नेकपा माओवादी केन्द्र परित्याग गरी नेकपा (एमाले) प्रवेश गरेका पूर्व माओवादी नेताहरुले निर्वाचन आयोगलाई छिटो निर्णय लिन आग्रह गर्नुभएको छ । गत बुधबार पूर्व माओवादीका २३ जना नेताहरुको तर्फबाट माओवादी केन्द्र अवैधानिक भएको भन्दै दल खारेजीको मागसहित निर्वाचन आयोगमा निवेदन दर्ता गर्नुभएको थियो ।