काठमाडौं । निर्वाचन आयोगले निर्वाचनको स्वच्छता र पारदर्शिताका लागि कानुनमा नै निर्वाचनको मिति तोक्नुपर्ने प्रावधानसहित निर्वाचन व्यवस्थापनसम्बन्धी एकीकृत मस्यौदा तयार गरेको छ । आयोगले निर्वाचनसम्बन्धी विभिन्न आठवटा कानुन परिमार्जन गरी एकीकृत विधेयक मस्यौदा बनाएको हो । विधेयकको मस्यौदा गृह मन्त्रालयमार्फत् सरकारसमक्ष पेस गरिसकेको छ । सरोकारवाला निकायहरूको राय सुझाव लिएर सरकारले स्वीकृत गरेपछि मात्रै विधेयक […]