चितवन मेडिकल कलेजमा पुनः मुटुको शल्यक्रिया सुरु

काठमाडौं। चितवन मेडिकल कलेजले पुनः मुटुको शल्यक्रिया शुरु गरेको छ। कलेजमा प्राडा अनिल आचार्यको समूहले मुटुको शल्यक्रिया फेरि सुरु गरेको हो। कलेजले अस्पतालमा कार्यरत स्टाफ नर्सको शल्यक्रिया गर्दै मुटुको सल्यक्रिया सुरु गरेको छ। प्राडा. हरिश्चन्द्र न्यौपानेले गङ्गालालमा हुने खर्चमा मुटुका सबै खालका शल्यक्रिया चितवन मेडिकल कलेजमा हुने र सरकारले दिने एकलाख रुपैयाँको असहाय उपचार सेवा पनि यहीँबाट नै हुने बताए।

सम्बन्धित सामग्री

‘अन्यको तुलनामा महिनावारी हुने महिलामा हृदयाघात कम हुन्छ’

चितवन । नियमित रुपमा महिनावारी हुने महिलामा अन्य महिला वा पुरुषको तुलनामा हृदयघात कम हुने मुटुरोग विशेषज्ञ प्रा.डा. श्यामराज रेग्मीले बताएका छन् । चितवन मेडिकल कलेज भरतपुरमा विगत १० वर्षदेखि मुटुको शल्यक्रिया गर्दै आएका प्रा.डा. …

चितवन मेडिकल कलेजमा दस वर्षमा सात हजार बढी मुटुको शल्यक्रिया

चितवन, १४ भदौ । चितवन मेडिकल कलेज (सिएमसी) ले विगत दस वर्षमा सात हजार एक सय ९० जनाको मुटुको शल्यक्रिया गरेको छ । प्रा. डा. श्यामराज रेग्मी र प्रा. डा. विष्णुमणि धितालको टोलीले सो शल्यक्रिया गरेको हो । दश वर्षसम्म काठमाडौँको गङ्गालाल हृदयरोग केन्द्रमा पाइएको अनुभव लिएर चितवन आएका प्रा. डा. रेग्मीले सिएमसी क्याथल्याब सुरु […]