‘फौजदारी अभियोगमा थुना परे निलम्बन’ : कानुनभन्दा माथि रहने हठबाट पछि हटे ‘माननीय’

जनताबाट निर्वाचित सांसदले आफूलाई कानुनभन्दा माथि राख्न गरेको प्रयास सर्वत्र विरोधपछि फिर्ता भएको छ । हत्या होस् वा बलात्कार । मानव बेचबिखन होस् वा लागूऔषध कारोबार । फौजदारी मुद्दामा पुर्पक्षका लागि अदालतले जेल पठाउँदा वा फरार रहँदा पनि ‘माननीय’ नै बनिरहने हठबाट सांसदहरू पछि हटेका छन् ।

सम्बन्धित सामग्री

ललिता निवास जग्गा प्रकरणः दुई जनालाई थुना बाहिर रहने गरी छाडियो - NepaliPatra

काठमाडौँ । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकामध्ये दुई जनालाई थुना बाहिर रहने गरी छाडिएको छ । उक्त प्रकरणमा पक्राउ परेका मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन अधिकृत धर्मप्रसाद गौतम र समरजङ्ग कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरेलाई उपचारका लागि थुना बाहिर रहने गरी छाडिएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए […]