काठमाडौं, १९ पौष । साँढे तीन वर्ष भयो निर्मला पन्तको बलात्कारपछि हत्या भएको छ । प्रहरीले दर्जनौं संदीग्ध ठानेर अनुसन्धान गर्यो । तर, अझै पत्ता लाग्न सकेको छैन । निर्मला पन्तको उखुबारीमा निर्ममतापूर्वक हत्याको घटनाले राजधानीमा समेत विरोध प्रदर्शनहरु भए । निर्मलाका हत्यारा पत्ता लाग्नुपर्ने आवाज उठे । प्रहरीले निकै प्रयास गर्यो । तर, अझै […]
२०७५ साल साउन ११ बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्त प्रकरणमा एकजना शंकास्पद व्यक्तिलाई प्रहरीले भारतबाट नियन्त्रणमा लिएर डिएनए परीक्षण नमूना लिइएको समाचार छ । जिल्लाको भीमदत्त नगरपालिका–१८, निम्बुखेडास्थित उखुबारीमा १३ वर्षीया किशोरी पन्तको शव भेटिएदेखि गाउँबाट बेपत्ता अली थरका युवकलाई भारतबाट नियन्त्रणमा लिएर डीएनए जाँचका लागि नमूना लिएको प्रहरी उच्च स्रोतले बताएको छ । …
काठमाडौं, १८ पौष । कञ्चनपुरमा ३ वर्षअघि निर्मला पन्त हत्याका एक संदीग्ध पक्राउ परेका छन् । प्रहरीले ती व्यक्तिलाई भारतबाट पक्राउ गरिएको बुझिएको छ । पक्राउ पछि १५ दिनअघि नै नेपाल ल्याइएका भारतीय नागरिक निकाल अलीबारे वृस्तृत अनुसन्धान भइरहेको बुझिएको छ । हत्यामा उनको संलग्नता लगभग निश्चित भएको प्रहरी स्रोतले जानकारी दिएको छ । डिएनए […]
धनगढी : आज साउन १० गते। अर्थात् २०७५ साल साउन १० गते कन्चनपुर महेन्द्रनगर उल्टाखामकी १३ वर्षीय किशोरी निर्मला पन्तको बलात्कार र हत्या भएको दिन।घर नजिकैको उखुबारीमा साउन ११ गते घोप्टो परेको अवस्थामा फेला परेको थियो निर्मलाको शव। पोष्टमार्टम रिपोर्टले देखाएको थियो निर्मलाको बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको हो।२०७५ साल साउन १० गते भएको घटनाको (आज) आइतबार ३ वर्ष पुगेको छ। तर, घटना भएको तीन वर्ष पूरा हुँदा पनि यस अपराधमा संलग्न अपराधी भने अझै अज्ञात छन्।गएको तीन वर्षको अवधिमा प्रहरी फेरिए, प
निर्मला पन्त घटनाको अनुसन्धानमा भएका हस्तक्षेप उजागर न्यायका लागि मानव अधिकारले माग गरेको छ । कञ्चनपुरकी १२ वर्षीया बालिका निर्मला पन्तमाथि बलात्कार र हत्याको अपराध भएको आज ३ वर्ष पुगेको छ । यतिका समयसम्म पनि अपराधमा संलग्न र संरक्षणकर्ताहरुलाई कानुनी दायरामा नल्याइएको प्रति यस सञ्जालले गम्भीर चासो व्यक्त गरेको छ ।निर्मला पन्त घटनाको अनुसन्धानमा भएका हस्तक्षेप उजागर गरी उचित अनुसन्धानबाट दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन र आम सर्वसाधारणमा कानुनी शासनको प्रत्याभूत गर्न यो सञ्जालका संय
काठमाडौं, १० साउन । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको ३ वर्ष पूरा भएको छ । तर, उनको हत्याका दोषी अझै पत्ता लाग्न सकेका छैनन् । प्रहरीले ३ वर्षभित्र अनुसन्धानलाई निरन्रता दिएपछि दोषीको पहिचान नहुनुले प्रश्न उठेको छ । किशोरावस्थाकी निर्मला पन्त साथीको घरमा पुगेको र त्यसपछि उखुबारीमा हत्या गरी फालिएको अवस्थामा भेटिएकी थिइन् । […]
१० साउन, धनगढी । ‘न्याय पाउन मेरा लागि एकादेशको कथा जस्तै भइसक्यो । तर छोरीको आत्मा न्यायका लागि घरमै बत्ती बालेर श्रद्धाञ्जली दिनैपर्यो,’ उनले भनिन्, ‘अब उनी फर्केर आउने होइनन् तैपनि आफ्नो सन्तुुष्टिका लागि दीयो बालेर छोरीको सम्झना गर्दै आएकी छु । यस वर्ष पनि गर्छु ।’ तीन वर्षयता यस्तै छ दुर्गादेवी पन्तको नियति । […]
अर्का सदस्य दीव्यकुमारी शाहले धनगढी आएर प्रधानमन्त्रीले ठूलठूला गफ दिए पनि निर्मला पन्त हत्याका घटनाका दोषीलाई पत्ता लगाउन नसकेको बताइन् । निर्मलाको लागि न्याय खोज्नेहरूलाई उल्टै सरकारले पक्राउ गरेको उनले उल्लेख गरिन् ।