प्रदेशसभाको अवरोध खुलाउन कर्णालीमा सत्तापक्ष र प्रमुख प्रतिपक्ष एमालेबीच सहमति

सुर्खेत : कर्णाली प्रदेशसभाको बैठकको अवरोध खुलाउने गरी सहमति भएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले निरन्तर अवरोध गर्दै आएको संसद् बैठक खुलाउन सात बुँदे सहमति भएको हो। मंगलवार संसद् सचिवालयमा सभामुख राजबहादुर शाहीको अध्यक्षतामा बसेको सर्वदलीय बैठकमा मुख्यगरी सत्तारुढ दल र प्रतिपक्षी दलबीच सहमति भएको हो। मुख्यमन्त्री जीवन बहादुर…

सम्बन्धित सामग्री

कर्णालीमा सत्तापक्ष र प्रतिपक्षबीच सहमतिपछि हट्यो प्रदेशसभाको अवरोध

सुर्खेत । कर्णालीमा सरकारले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीसँग ९ बुँदे सहमति गरेपछि प्रदेशसभाको अवरोध हटेको छ । सभामुख नन्दा गुरुङको अध्यक्षतामा सोमबार बसेको सर्वदलीय बैठकले आर्थिक वर्ष २०८१/०८२ का लागि ल्याएको वार्षिक बजेटप्रति प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीले सदनमा उठाएका विषयहरूका सम्बन्धमा ९ बुँदे सहमति गरेपछि […]

सभामुख-सचेतकको बैठक निष्कर्षविहीन

काठमाडौं । संसद्को अवरोध खुलाउन सभामुख देवराज घिमिरेले राखेको दलका प्रमुख सचेतक र सचेतकहरूसँगको बैठक विनानिष्कर्ष सकिएको छ। बैठकमा सत्ता र प्रमुख प्रतिपक्ष दुवैले आफ्नो अडान नछाड्दा बैठकमा कुरा नमिलेको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले बताए। उनले भने, ‘अहिले सत्तापक्ष र प्रतिपक्षको अडान उही छ। अझै प्रतिपक्षले हामी बलियोसँग उभिन्छौँ भन्ने अडान राखेको छ। अब […]

राजनीतिक स्वार्थले संसद् बन्धक

सत्तापक्ष र प्रमुख प्रतिपक्ष दलको स्वार्थका कारण संसद् बन्धक बनेको छ । प्रमुख प्रतिपक्ष दल एमालेको अवरोध र सरकारको अकर्मण्यताका कारण कोरोना भाइरसको नयाँ भेरिएन्ट नियन्त्रणलगायत जनसरोकारका विषय ओझेलमा परेका छन् ।

नेम्वाङको प्रश्न– एमालेमाथि कहिलेसम्म भेदभाव भइहरन्छ ?

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रतिनिधिसभा बैठक विना अवरोध सञ्चालनका लागि सत्तापक्ष र सभामुखले अझै पहल नगरेको भन्दै आक्रोश पोखेका छन् । पूर्वसभामुखसमेत रहेका नेम्वाङले सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो दलमाथि भेदभाव गरेकाले संसद् अवरुद्ध पार्नु परेको बताए ।  आइतबार संसद् भवन परिसरमा उनले...

बागमती प्रदेशसभा बैठक बस्दै, बजेट विनियोजन माथिको छलफल अघि बढाउने सहमति

गत शनिबारबाट अवरुद्ध बागमती प्रदेशसभाको बैठक आज १ बजे बस्दैछ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेटको विनियोजन माथिको छलफलका क्रममा विपक्षी दलहरुले अवरोध गरेपछि गत शनिबार बसेको प्रदेशसभा बैठक स्थगित भएको छ । बागमती प्रदेशको प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र, प्रतिपक्ष दलहरु नेपाली काँग्रेस, विवेकशील साझा पार्टी, नेमकिपाले बजेट कार्यक्रमको २ प्रकारको पुस्तक वितरण गरेर संसद्को मानमर्दन गरेको भन्दै पुस्तक फिर्ता हुनुपर्ने, सशर्त अनुदानका कार्यक्रममा सत्तापक्ष र विपक्षका सा

गतिरोध चाँडै अन्त्य हुन्छ : प्रम

दलहरूको अडान यथावत् रहेपछि सदनको गतिरोध अन्त्यका लागि सभामुखसहितका शीर्ष नेताहरूको बैठक निष्कर्षविहीन सकिएको छ । बैठक मङ्गलबार फेरि बस्ने सहमति भने भएको छ । सभामुख देवराज घिमिरेको आह्वानमा सोमबार दुई चरण शीर्ष नेतासहितको परामर्श भएको थियो । तर सुन प्रकरणमा प्रमुख प्रतिपक्ष दलको माग अनुसार उच्चस्तरीय समिति गठन गर्ने वा नगर्ने विषयमा सहमति नभएपछि अवरोध यथावत् छ । सत्तापक्ष र प्रतिपक्षबिच समझदारी नबन्दा प्रतिनिधि सभाको बैठक मङ्गलबारसम्म स्थगित गरिएको छ । मङ्गलबार बिहान सभामुखसहित शीर्ष नेताबिच पुनः छलफल हुने छ ।