ओखलढुंगा : नेपाल कम्युनिष्ट पार्टी नेकपा दहाल–नेपाल पक्षले गरेको आम हड्तालको ओखलढुंगामा खासै असर परेन। हड्ताल भनिए पनि जिल्ला सदरमुकामको बजार खुलेको थियो। छोटो तथा लामो दूरीका यतायातका साधनसमेत चलेका थिए। मानेभञ्ज्याङ गाउँपालिका–४ केत्तुकेमा रहेको केत्तुके बजारमा नेकपाका कार्यकर्ताहरु जम्मा भएर सामान्य कार्यक्रम गरेका भए पनि जिल्ला सदरमुकाममा नेकपाका कार्यकर्ता हुलमा देखिएका थिएनन्।केत्तुकेमा भएको कार्यक्रममा जम्मा भएका कार्यकर्ताले पनि सवारी आवागमनमा रोक नलग