कांग्रेस–माओवादीसहितको मन्त्रिपरिषद् बन्ने निश्चित भएपछि कांग्रेस सभापति शेरबहादुर देउवाको यसपालिको प्राथमिकतामा थिए एनपी साउद । मन्त्री बन्नेमा ढुक्क साउदको प्राथमिकता थियो कुनै विकासे मन्त्रालय । यसअघि सिँचाइमन्त्री भइसकेका उनी निकट नेताहरूसँग भन्ने गर्थे, ‘विकासे मन्त्रालय पाए पार्टी संगठनको हितमा पनि काम गर्न सक्छु ।’