कैलाली – कैलाली भन्सार कार्यालयभित्र सञ्चालित राष्ट्रिय वाणिज्य बैंकको काउन्टरका एक कर्मचारी बिहीवार बाँदरले कार्यालयभित्र गरेको फोहरले बनेको दुर्गन्धित वातावरणमा नाकमुख छोपेर हिँड्दै गरेको भेटिनुभयो ।
भन्सार कार्यालयको मुख्य ढोकाबाट भित्र पसेका बाँदरले ठाउँ–ठाउँमा दिसा पिसाब गर्दा बनेको दुर्गन्धित वातावरणले उहाँ नाक र मुख छोपेर हिँड्न बाध्य हुनुभएको हो ।
उहाँले भन्नुभयो, ‘बाँदरको दिसाले कार्यालयभित्र हिँड्नै नसकिने गरी दुर्गन्ध फैलिँदा पनि कार्यालयको सरसफाइ र रेखदेखमा ध्यान...