पुस ५, काठमाडौं । डाबर नेपालले सोमवार वीर अस्पताललाई चिकित्सा उपकरण खरीद गर्न २५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।
कम्पनीले नेपालको स्वास्थ्य पूर्वाधारको विकासमा सहयोग गर्न र वीर अस्पताललाई चिकित्सा सुविधाहरुमा सुदृढ गर्न मद्दत गर्ने उद्देश्यसहित सामाजिक उत्तरदायित्व कार्यक्रममार्फत सघन उपचारको लागि नमूना चिकित्सा उपकरणहरुसहित उक्त रकम हस्तान्तरण गरेको हो ।
।
वीर अस्पताल काठमाडौंको परिसरमा आयोजित कार्यक्रममा कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक श्रीमती इश्वरी राना र कम्पनीको नेपाल तथा म्यानमारका लागि व्यापार प्रमुख एच.एस. बेदीले वीर अस्पतालका निर्देशक प्राडा भुपेन्द्र कुमार बस्नेतलाई चेक हस्तान्तरण गरेका हुन् ।