भक्तपुर नगरपालिका–२ कालोपाटीमा पाँचतले पक्की घरको बाहिरी इँटाको गारो लगाउने क्रममा खसेर आज एक मजदुरको मृत्यु भएको छ ।
महोत्तरीको बर्दिबास घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका–५ कटुञ्जे बस्ने ३५ वर्षीय डम्बर मगरको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।