वकीटकीको मुद्दामा सुकी दोषी करार

आङ साङ सुकीलाई वकीटकीसँग स‌लग्न मुद्दामा चार वर्ष जेल सजाय सुनाइएको छ । गत फेब्रअुरीमा सत्ताच्यूत गरिएकी सुकीलाई लाइसेन्सबिनाको वकीटकी बोकेको आरोपमा म्यानमारको अदालतले दोषी पाएको रोयटर्स र एएफपी समाचार एजेन्सीले जनाएका छन् ।सेनाले सत्ता हातमा लिए यता ७६ वर्षीय नोबल शान्ति पुरस्कार विजेता सुकी हिरासतमा नै रहेकी छन् । उनीलाई एक दर्जनभन्दा मुद्दामा १०० वर्षभन्दा बढी जेल सजाय माग गरिएको छ । सुकीले सबै आरोपहरुलाई अस्वीकार गर्दै आइरहेकी छन् ।यसअघि अर्को मुद्दामा पनि सुकीलाई चार वर्षको जेल सजा