इण्डियन प्रिमियर लिग (आईपीएल)मा फाइनल प्रवेशका लागि रोयल च्यालेन्जर्स बेङ्ग्लोर र राजस्थान रोयल्स भिड्दैछन्। दोस्रो क्वालिफायर्सको खेलमा आज साँझ पौने ८ बजे अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा यी दुई टोली आमनेसामने हुँदैछन्।
पहिलो क्वालिफायर्समा राजस्थान गुजरातसँग पराजित भएको थियो। राजस्थानलाई हराएको गुजरात भने फाइनल प्रवेश गरिसकेको छ। अर्कोतर्फ बेङ्ग्लोरले इलिमिनेटरमा लखनउ…