गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत ७ जनाको मृत्यु भएको हो । गण्डकी प्रदेशमा विभिन्न जिल्लामा ७ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जनाकारी दिए । उनका अनुसार कास्कीमा १, तनहुँमा २, बागलुङ १,स्याङजा १, मुस्ताङमा १ र नवलपरासी पूर्व १ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८३८