भारतीय सेनामा कार्यरत बुवा खड्गप्रसाद गौचनको पल्टन जहाँ खटिन्थ्यो, आमा रामकुमारी त्यहीं पुग्थिन् । म्याग्दीको दानामा पुर्ख्यौर्ली घर थियो । तर, भारतीय सेनाको खटनपटनले गौचन दम्पतीले ‘फिरन्ते’ जीवन बिताइरहे । खड्गप्रसादको पल्टन कहिले जम्मु–कश्मीर पुग्थ्यो त कहिले पठानकोटमा ।