काठमाडौंको जोरपाटीमा पानी खोज्दा ग्याँस फेला परेको छ। जोरपाटीबाट सुन्दरीजल जाने बाटोमा रहेको सन्तवीर लामाको घरमा बोरिङ खन्ने क्रममा ग्यास निस्किएको छ ।
३ सय फिटजति खनेपछि एक्कासि विस्फोट भई लेदोसहित पानी ...
गोरखापत्र अनलाइन काठमाडौं, साउन ३ गते । काठमाडौंको जोरपाटीमा पानीका लागि बोरिङ खन्दा लेदोसहितको ग्याँस निस्किएको छ । सो ग्याँस निस्किदा वरिपरिका करिब पन्ध्र घरहरु प्रभावित बनेको स्थानीयले बताएका छन् । लेदोसहितको ग्याँसले घरका छत र भित्ताहरु ढाकिएका छन् ।
काठमाडौं, ३ साउन । यो दृश्य जोरपाटीको हो । यहाँ बोरिङ खन्ने क्रममा ग्याँस निस्किएको छ । सुन्दरीजल जाने बाटोमा सन्तवीर लामाको घरमा बोरिङ खन्दा अचानक ग्याँसको फोहोरा नै छुट्यो । ग्याँस निस्कँदा हिलो समेत माथि सम्म पुगेको देखिन्छ । ग्याँस सय फिटभन्दा माथिसम्म उडेको देखिन्छ । यसअघि खनेको बोरिङमा पानी सुकेपछि त्यसको केही पर […]
काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीस्थित एक घरमा बोरिङ खन्दा प्राकृतिक ग्याँस र पानीको फोहोरा निस्किएको छ । जोरपाटी चामुण्डा गेट नजिकैको एक घरमा बोरिङ खन्ने क्रममा आज (मंगलबार) बिहान १० बजेदेखि ग्याँस र पानीको फोहोरा निस्किएको हो । करिब ३ सय फिट जमिन खनेपछि ग्याँस निस्किएको थियो । प्रहरीको टोली घटनास्थलमा खटिएको जनाइएकाे छ […]
काठमाडौं। कागेश्वरी मनोहरा नगरपालिका-९ स्थित काँडाघारीमा पानी निकाल्न बोरिङ गर्दा प्रज्ज्वलनशील ग्याँस निस्किएको छ। बोरिङ गर्दैगर्दा ग्याँसको गन्ध आएपछि लाइटर बाल्दा ग्याँस बलेको स्थानीयले बताएका छन्। स्थानीय रमेश तिवारीको जग्गामा बोरिङ गर्दा सो प्रज्वलनशील ग्याँस निस्किएपछि स्थानीयले प्रहरीलाई खबर गरेका छन्।