भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री, मन्त्रालयका सचिव, भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागका महानिर्देशक नै आएर उद्घाटन गरेको नापी र मालपोत कार्यालय पूर्वाधार र कर्मचारी अभावमा सञ्चालन हुन सकेका छैनन् । निर्वाचन केन्द्रित भएर भौतिक पूर्वाधार र जनशक्तिबिनै कार्यालय उद्घाटन गरिएकाले सञ्चालन हुन नसकेका हुन् ।