नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन प्रस्ताव अब बन्ने केन्द्रीय व्यवस्थापिका सदनमा ल्याइने बताएका छन्। धनुषाको सहिद नगरपालिका यदुकुहामा बिहिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले एमाले र राप्रपाका कारण संविधान संशोधन असफल भएकाले संशोधन प्रस्ताव पुन ल्याउने बताए। अध्यक्ष प्रचण्डले मंसिरमा हुने प्रदेश र केन्द्रको निर्वाचनपछि परिवर्तनकारी शक्तिको बहुमत भएका…