तीन महिना प्रतिबन्ध हुँदा ५८ प्रतिशतले घट्यो तास आयात

गत वर्षको तुलनामा यस वर्ष ५८ दशमलव ८४ प्रतिशतले तास आयात घटेको छ । सरकारले झण्डै तीन महिना तासमाथि लगाएको प्रतिबन्धले आयात घटेको हो । गत आर्थिक वर्षको साउन, भदौ र असोजमा ८ करोड ७२ लाख ४१ हजार रुपैयाँ बराबरको तास आयात भएको थियो । यस वर्ष सोही अवधिमा ३ करोड ५९ लाख १० हजार रुपैयाँ बराबरको मात्र आयात भएको भन्सार विभागको तथ्यांक छ ।