पर्वत : केही दिन अगाडि सामान्य वर्षा भएको भए पनि त्यो वर्षाले न त करेसाबारीको तरकारीलाई सिँचाई पुग्यो न त खेतमा लगाइएको मकैलाई नै। मकैका बोटले आवश्यकता अनुसारको पानीको मात्रा नपाउँदै यसै ठिम्रिएर बसेको जस्तो देखिन्छ। पानीको अभावमा बिरुवाले खाना बनाउन नसक्दा अवधि अनुसारको वृद्धि मकैका बोटमा नदेखिने जोखिम बढिरहेको छ।घामकै कारण ठिम्रिएर बसेका मकैका बोटमा शत्रु जीव ‘अमेरिकन फौजी किरा’ को प्रकोप आउन सक्ने जोखिम देखिएको छ। लामो समयसम्म वर्षा नभएका कारण गर्मी बढ्नु र जिल्लाका केही स्थानमा फ