पोखरामा माइलेज टेस्ट एनओजी राइड सम्पन्न

काठमाडौं। नेपालका लागि टीभीएस स्कुटर र मोटरसाइकलको आधिकारिक वितरक जगदम्बा मोटर्सले पोखरामा माइलेज टेस्ट एनओजी (एनटर्क ओनर्स ग्रुप) सम्पन्न गरेको छ । गत शनिवार पोखरा शोरूम (बतास ब्रदर्स)देखि ढिकीडाँडा रिसोर्टसम्म उक्त राइड सञ्चालन गरिएको थियो । माइलेज क्याम्पमा माइलेज परीक्षण, स्कुटर चेक क्याम्प र माइलेज र्‍यालीजस्ता विभिन्न गतिविधि सञ्चालन गरिएको कम्पनीको भनाइ छ । उक्त माइलेज क्याम्पमा ६३ दशमलव ३ किलोमिटर राइडसहित विन्दुराज घिमिरे पहिलो, ५७ दशमलव ६८ किलोमिटर राइडसहित प्रज्वल कार्की दोस्रो र ५७ दशमलव ८९ किलोमिटर राइडसहित मोहन काफ्ले तेस्रो भएका थिए । उक्त राइडमा राइडरबीच विभिन्न खेल खेलाइएको थियो । साथै सहभागी सम्पूर्ण राइडरलाई सहभागिताको प्रमाणपत्र र उपहार पनि प्रदान गरिएको थियो । करीब ५० जना राइडर सहभागी भएको उक्त राइडका क्रममा प्राविधिक टिमले सडक सुरक्षाको बारेमा विभिन्न जानकारी प्रदान गर्नुका साथै राइडरले अपनाउनुपर्ने नियम र सुरक्षाको जानकारी पनि प्रदान गरेको थियो । 

सम्बन्धित सामग्री

पोखरामा एनटर्क ओनर्स ग्रुपको राइड सम्पन्न

काठमाडौं– नेपालका लागि टिभिएस स्कुटर र मोटरसाईकलको आधिकारिक वितरक जगदम्बा मोटर्सले पोखरामा माइलेज टेस्ट एनओजी (एनटर्क ओनर्स ग्रुप)सम्पन्न गरेको छ । पोखरा शोरुम (बतास ब्रदर्श) देखि ढिकीडाँडा रिसोर्टसम्म माइलेज टेस्ट एनओजी राइड सञ्चालन गरिएको थियो । माइलेज क्याम्पमा माइलेज परीक्षण, स्कुटर चेक क्याम्प र माइलेज र्‍यालीजस्ता विभिन्न गतिविधि सञ्चालन गरिएको थियो । उक्त माइलेज क्याम्पमा […]