चेक बाउन्स मुद्दाका फरार अभियुक्त पक्राउ

काठमाडौं : चेक बाउन्स मुद्दामा अदालतबाट सजाय सुनाइएका एक फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।बैंकिङ कसुर मुद्दाहरुमा उच्च अदालत पाटनबाट सजाए सुनाइएका एक जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा काठमाडौं टोखा नगरपालिका–२ बस्ने ४८ वर्षीय मिलन डंगोल रहेका छन्।उनलाई अदालतले १५ लाख जरिवाना र सात दिन कैद सजायको फैसला सुनाएको थियो। डंगोलले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नहुँदा पनि नेपाल इन्भेष्टमेन्ट बैंक र माछापुच्छ्रे बैंकका बिभिन्न रकमका