भारतको केन्द्रीय बैंक (आरबीआई)ले रिपो दर ०.५० प्रतिशत बिन्दुले वृद्धि गरेको छ । माैद्रिक नीतिका सम्बन्धमा छलफल गर्न बसेकाे माेनिटरी पाेलिसी कमिटी बैठकले रिपो दर ४.९ बाट ५.४ प्रतिशत पुर्याउने निर्णय गरेकाे हो । आरबीआईका गभर्नर शक्तिकान्त दासले महँगी उच्च दरमा रहेको र विदेशी मुद्रा सञ्चिति घटेकाले पनि ब्याजदर बढाउनुपर्ने आवश्यकता रहेको औंल्याए ।