बागमती प्रदेशको बजेट अधिवेशन सुरु हुँदै, बजेट पास गर्न मुख्यमन्त्रीको लविङ

हेटौंडा : बागमती प्रदेशको बजेट अधिवेशन आइतबारबाट सुरु हुदै छ।प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाइईँले संविधानको धारा १८३ को उपधारा १ बमोजिम आइतबार दिउँसो ३ बजेको लागि बजेट (वर्षे) अधिवेशनको आह्वान गरेका छन्।  प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले आइतबार बस्ने संसद बैठकको लागि ८ वटा सम्भावित कार्यसूची रहेको बताए।उनले प्रदेश प्रमुखको कार्यालयबाट आएको वर्षे अधिवेशन आह्वानको पत्र र मन्त्रिपरिषद् विस्तारसम्बन्धी पत्र पढेर बैठक सुरु गरिने बताए। त्यस्तैगरी बैठकमा सबै दलका नेताहरुले अधिवेशनको लागि