३१ लाख रुपैयाँभन्दा बढीका सामग्री हस्तान्तरण

कैलाली । कोभिड–१९ रोकथाम प्रतिकार्य तथा खोप अभियान सहयोग कार्यक्रमअन्तर्गत खोप चिस्यान केन्द्र व्यवस्थापनका लागि केयर नेपाल र सीएसएसडीको सहकार्यमा शुक्रवार कैलालीका केही स्थानीय तह, अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्रका लागि विभिन्न सामग्री हस्तान्तरण गरिएको छ । उक्त सामग्री सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री लालबहादुर खड्कामार्फत केयर नेपालका सहायक निर्देशक मुना शेर्पाले हस्तान्तण गरिन् । खोप चिस्यान केन्द्र व्यवस्थापनका लागि स्वास्थ्य कार्यालय कैलाली, टीकापुर अस्पताल, भजनी प्राथमिक स्वास्थ्योपचार केन्द्र, लम्कीचुहा नगरपालिका र बर्दगोरिया गाउँपालिकाका लागि आइसलेण्ड रिफ्रिजेटर ठूला र सानो, कोल्ड बक्स, फ्रिजर चेष्ट, आइसप्याकलगायत गरी रू. ३१ लाख ९१ हजार ३४९ बराबरका सामग्री हस्तान्तरण गरिएको सीएसएसडी कैलालीका कार्यक्रम संयोजक जगत उपाध्यायले जानकारी दिए । कोरोनाको खोप लगाउन सहजताका लागि सामग्री हस्तान्तण गरिएको उनले बताए । सामग्री हस्तान्तरण कार्यक्रममा मन्त्री खड्काले खोप चिस्यान केन्द्र व्यवस्थापनका लागि हस्तान्तरण गरिएका सामग्रीले सहज हुने बताए । प्रदेश सरकार सीमानाकामा स्वास्थ्य परीक्षणदेखि होल्डिङ सेन्टरलाई चाँडोभन्दा चाँडो सञ्चालन ल्याउन प्रयासमा रहेको उनले उल्लेख गरे । केयर नेपालकी सहायक निर्देशक शेर्पाले विभिन्न विपत्मा जहिले पनि सहकार्य गर्न तत्पर रहेको बताइन् । रासस

सम्बन्धित सामग्री

स्वास्थ्य सामग्री हस्तान्तरण

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाको सबै स्वास्थ्य संस्थामा अक्सिजन कन्सन्ट्रेटरलगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ। नगर प्रमुख कुन्साङ लामाले स्वास्थ्य सेवा विभागमार्फत प्राप्त स्वास्थ्य सामग्री स्वास्थ्य शाखा प्रमुख भगिरथ अधिकारीलाई हस्तान्तरण गरेका हुन्।

लूनिभाःद्वारा शैक्षिक सामग्री हस्तान्तरण

लूनिभाः बाल सरोकार समूहले विद्यालय स्तरका बालबालिकालाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ।

लूनिभाःद्वारा शैक्षिक सामग्री हस्तान्तरण

लूनिभाः बाल सरोकार समूहले विद्यालय स्तरका बालबालिकालाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ।

नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण

रौतहटको गरुडा नगरपालिकालाई अत्यधिक लाभकारी स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ।

नेपालद्वारा पाकिस्तानलाई राहत सामग्री हस्तान्तरण

काठमाडौं : नेपाल सरकारले विपदमा परेको पाकिस्तानलाई उपलब्ध गराएको मानवीय सहायता सामग्री हस्तान्तरण गरेको छ। राहत सामग्री लिएर आएको टोलीले केहीबेर अगाडि कराँचीस्थित जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थलमा आज आयोजित कार्यक्रममा पाकिस्तानका सम्बद्ध अधिकारीलाई सहायता सामग्री हस्तान्तरण गरेको हो। अत्यावश्यक औषधि, खाद्यान्न, लत्ताकपडालगायत २२ टनभन्दा बढी सामग्री हस्तान्तरण गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।…

डढेलो नियन्त्रणका लागि सामग्री हस्तान्तरण

रुकुम (पूर्व) : वन डढेलो नियन्त्रणका लागि सामग्री हस्तान्तरण गरिएको छ। डिभिजन वन कार्यालय रुकुम पूर्वले डढेलो नियन्त्रणका लागि सामग्री हस्तान्तरण गरेको हो।मंगलबार (आज) डिभिजन वन कार्यालय रुकुम पूर्वले जिल्लास्थित तीनवटै सुरक्षानिकायलाई डढेलो नियन्त्रणका लागि सामग्री हस्तान्तरण गरेको छ। आगलागीका घटना हुँदा त्यसको नियन्त्रण र उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र नेपाल सशस्त्र प्रहरी अग्रपंक्तिमा खटिने हुँदा उनीहरूलाई डढेलो नियन्त्रणका लागि सामग्री हस्तान्तरण गरिएको निमित्त डिभिजनल वन अधिकृत ज

जिल्ला विपद् व्यवस्थापन समितिलाई सामग्री हस्तान्तरण

विपदको समयमा प्रयोग हुने २९ प्रकारका सामग्री हस्तान्तरण गरेको हो। शाखाका सभापति बाबुलाल तामाङले प्रमुख जिल्ला अधिकारी एंवम समितिका अध्यक्ष ईश्वरीप्रसाद ढकाललाई २ लाख बराबरको सामग्री हस्तान्तरण गरेका हुन्।...

बालबालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण

कोरोनाको जोखिममा बालबालिका रहेको भन्दै सुदूरपश्चिम प्रदेश सरकारलाई बालबालिकाका लागि चाहिने स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ।...

एमालेद्वारा सरकारलाई स्वास्थ्य सामग्री हस्तान्तरण

नेकपा (एमाले)ले सरकारलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ। एमालेले चिनियाँ कम्युनिष्ट पार्टीले कोभिड-१९ नियन्त्रण र रोकथामको लागि सद्भावस्वरुप पठाएको स्वास्थ्य सामग्री सरकारलाई हस्तान्तरण गरेको हो।

दैलेखमा स्वास्थ्य सामग्री हस्तान्तरण

स्वास्थ्य सेवा कार्यालय दैलेखलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । स्वास्थ्य सेवा विभाग र प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले उपलब्ध गराएको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।...