'संसद्‌बाट पारित व्याख्यात्मक टिप्पणी एमसीसीको अभिन्न अंग भइसकेको छ'

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले संसद्‌बाट पारित भएको एमसीसीमाथिको व्याख्यात्मक टिप्पणीलाई अमेरिकाले स्वीकार गरेको बताएका छन् । उनले संसद्‌बाट व्याख्यात्मक टिप्पणीसँगै एमसीसी पारित भएको २ घण्टाभित्रै अमेरिकाले स्वागत गरेकाले शंका नगर्न आग्रह गरे ।

सम्बन्धित सामग्री

विप्लवको दाबी- सरकारले एमसीसीको व्याख्यात्मक टिप्पणी अमेरिका पठाएकै छैन (भिडिओ)

काठमाडौं । नेकपामा महासचिव नेत्रविक्रम चन्द विप्लवले अमेरिकी परियोजना एमसीसीमा विभेदकारी प्रावधान भएकाले अगाडि बढाए सैह्य नहुने चेतावनी दिएका छन्। एमसीसी राष्ट्रघाती सम्झौता भएकाले त्यसमा आफूहरूले नफस्नको लागि कांग्रेस, एमाले र माओवादीसहितका दलहरूलाई आग्रह गर्दा पनि नसुनेको बताए। एमसीसीको कार्यान्वयनको चरणमा रहेको बेलामा आन्दोलनको घोषणा गरेपछि भिडिओ सन्देशमार्फत उनले भनेका छन्, ‘एमसीसीमार्फत् नेपाललाई अमेरिकन सैन्य […]

व्याख्यात्मक टिप्पणी लाज छोप्ने टालो : राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले एमसीसीको विषयमा राप्रपाको कुनै भूमिका नरहने प्रष्ट पारेका छन् । उनले एमसीसीको पक्षमा राप्रपा यसअघि पनि नभएको र अब कार्यान्वयन गर्दा पनि कुनै भूमिकामा नरहने बताएका हुन् । ‘जुन ११ बुँदे ‘व्याख्यात्मक टिप्पणी’ भनिएको छ त्यो लाज छोप्ने टालो हो,’ शनिबार बिहान सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले भने,‘ एमसीसीसँग हाम्रो कुनै लेनादेना छैन।’ लिङ्देनले आगामी वैशाख ३० को स्थानीय तहको निर

व्याख्यात्मक टिप्पणी सरकारमा बसिरहने बाटो : रिजाल

कांग्रेस नेता मीनेन्द्र रिजालले एमसीसीको व्याख्यात्मक टिप्पणीले कम्युनिस्ट नेतालाई सरकारमा बसिरहने बाटो मात्रै खोलिएको बताए । विराटनगरमा बुधबार पत्रकारसँगको कुराकानीमा उनले सरकार नछाड्नेका लागि मात्रै व्याख्यात्मक टिप्पणी उपलब्धि भएको बताएका हुन् ।

एमसीसीको व्याख्यात्मक टिप्पणी न्यानो थाङ्नो मात्रै : झलनाथ खनाल

१८ फागुन, विराटनगर । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले अमेरिकी सहयोग परियोजना एमसीसी पास गर्दा गरिएको व्याख्यात्मक टिप्पणीलाई न्यानो थाङ्नोको टिप्पणी गरेका छन् । बिहीबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले व्याख्यात्मक टिप्पणीको अर्थ नरहेको बताए । ‘व्याख्यात्मक टिप्पणी न्यानो  थाङ्नोबाहेक केही होइन’ उनले भने, ‘नेपालका नेताहरु आनन्दपूर्वक सुतुन् भनेर बनाइएको थाङ्नो हो, त्यो […]

एमसीसीको व्याख्यात्मक टिप्पणी : प्रतिनिधिसभामा कसले के भने ?

काठमाडौं : अमेरिकी सहयोग परियोजना (एमसीसी) प्रतिनिधिसभाबाट पारित भएको छ। परियोजनालाई लिएर लामो विवादपछि आज व्याख्यात्मक टिप्पणी सहित परियोजना पारित भएको हो। सम्झौता पारित हुनु अघि प्रतिनिधिसभामा प्रस्तुत गरेको १२ बुँदे व्याख्यात्मक घोषणामा सांसदहरू आफ्नो मत राखेका थिए।     प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा भएको उक्त सम्झौतामाथिको छलफलमा भाग लिँदै नेपाली कांग्रेसकी…

एमसीसीको व्याख्यात्मक टिप्पणी छलफलका लागि संसदमा पेश

काठमाडौँ– अर्थमन्त्री जनार्दन शर्माले अमेरिकी सहयोग परियोजना एमसीसीको व्याख्यात्मक टिप्पणीमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभामा पेश गरेका छन्। सत्तारुढ गठबन्धनले तयार पारेको अमेरिकी सहयोग परियोजना एमसीसीको व्याख्यात्मक टिप्पणी अर्थमन्त्री शर्माले छलफलका लागि सदनमा पेश गरेका हुन्। संसद भवनमै बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले एमसिसीको व्याख्यात्मक टिप्पणी पास गरेको थियो।

व्याख्यात्मक टिप्पणीको कुनै अर्थ छैनः बाबुराम

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले एमसीसीको व्याख्यात्मक टिप्पणीको कुनै अर्थ नरहेको बताएका छन्। व्याख्यात्मक टिप्पणी सार्वजनिक खपतको लागि मात्रै ल्याइएको उनको भनाइ छ। अमेरिकाले मान्यो भने मात्रै सो टिप्पणीको अर्थ हुने तर अमेरिकाले त्यसलाई नमान्ने उनले बताए। उनले भने, ‘व्याख्यात्मक टिप्पणीको अर्थ छैन। अमेरिकाले यसलाई […]

मन्त्रिपरिषद्ले पारित गरेको एमसीसीको १२ बुँदे व्याख्यात्मक घोषणा यस्तो छ

काठमाडौं, १५ फागुन :  सरकारले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौताको व्याख्यात्मक टिप्पणी पास गरेको छ। आइतबार साँझ बसेको मन्त्रिपरिषद्ले सत्तारुढ गठबन्धनले तयार पारेको एमसीसीको व्याख्यात्मक टिप्पणी पारित गरेको छ। संसद भवनमै बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले एमसीसीको व्याख्यात्मक टिप्पणी पास गरेको हो ।  एमसीसीको व्याख्यात्मक टिप्पणीमा सहमति भएसँगै सत्तारुढ गठबन्धनका नेपाली कांग्रेससँगै नेकपा मा‌ओवादी केन्द्र र […]

एमसीसीको व्याख्यात्मक टिप्पणी भ्रममात्रै हो : राजेन्द्र लिङ्देन

१५ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अमेरिकी सहयोग परियोजना एमसीसीमा व्याख्यात्मक घोषणा जनतालाई र संसदलाई भ्रममा पार्ने काम मात्र भएको बताएका छन् । प्रतिनिधिसभामा एमसीसी सम्झौतामाथिको छलफलमा भाग लिँदै उनले व्याख्यात्मक घोषणा अमेरिकाले मान्छ कि मान्दैन भनी प्रश्न गरे । ‘हामीले गरेको व्याख्यात्मक टिप्पणी अमेरिकाले मान्छ कि मान्दैन ? एमसीएले मान्छ […]

एमसीसीको ‘व्याख्यात्मक टिप्पणी’मा पाँच माओवादी नेताको असहमति

व्याख्यात्मक टिप्पणीसहित मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्ने गठबन्धनको तयारी प्रति नेकपा (माओवादी) केन्द्रका पाँच नेताले असहमति जनाएका छन् । यसबारे छलफल गर्न आइतबार बिहान केन्द्रीय कार्यालयको अनौपचारिक नेताहरुको बैठक बसेको थियो । बैठकमा नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, लीलामणि पोखरेल र देव गुरुङले असहमति जनाएको पार्टी स्रोतले बताएको हो । नेता लीलामणि पोखरेलले ‘व्याख्यात्मक टिप्पणी’सहित एमसीसी अनुमोदन गर्ने विषयमा आफ्नो गम्भीर असहमति रहे