सरकारले मुलुकको दक्षिणी नाकामा सशस्त्रको सुरक्षा फौज थप गरी उच्च निगरानी बढाएको छ । भारतबाट नेपाल भित्रिएका व्यक्तिमा कोभिड–१९ को सङ्क्रमण देखिएपछि निगरानी बढाइएको हो ।
सहज रुपमा हुने सीमा वारपार रोक्न सरकारी निर्देशनअनुसार सशस्त्र प्रहरी बल नेपालले सुरक्षा फौजलाई सीमामा केन्द्रित गर्न थालेको हो । विभिन्न पहाडी तथा हिमाली जिल्लामा खटिएका र विभिन्न गणमा रहेको सशस्त्र प्रहरीलाई सीमाको सुरक्षामा खटाइएको छ ।
यसअघि सीमा क्षेत्रमा नियमित १२२ सीमा निगरानी पोष्ट ९विओपी० मा करिब तीन हजार सशस्त्र प्रहरी खटिएका थिए । रोगको जोखिम बढेसँगै गृहमन्त्री रामबहादुर थापाको निर्देशनपछि चैत अन्तिम साता पाँच हजार सुरक्षाकर्मी सीमामा पठाइएकामा अहिले त्यसलाई बढाएर आठ हजार पु¥याइएको जनाइएको छ ।