एजेन्सी। कोरोना संक्रमणका कारण इन्डोनेसियामा कम्तीमा एक हजार स्वास्थ्यकर्मीको मृत्यु भएको इन्डोनेसियाली अस्पतालहरुको संगठन (पीइआरएसआई)ले सोमबार जनाएको छ। इन्डोनेसियामा मार्च २०२० देखि जुन २०२१ सम्म चलेको पहिलो लहरको संक्रमणबाट करिब ६० हजारको मृत्यु भएको तथ्यांकमा उल्लेख छ। पाईआरएस्आईका अनुसार स्वास्थ्यकर्मीमध्ये ४०५ जना सामान्य चिकित्सक, ४३ जना दन्त चिकित्सक, ३२८ नर्स र २५५ अन्य स्वास्थ्यकर्मी रहेका छन्।