काठमाडौं : सरकारले कोरोना संक्रमणसँग लड्न लक डाउनलाई मात्रै प्राथमिकता दिएको उद्योगी व्यवसायीले गुनासो गरेका छन्। जनताको रोजीरोटी, व्यवसाय, जीवनयापनका बारेमा सरकारको कुनै धारणा नरहेको उनीहरूको भनाइ छ।शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा उद्योगी व्यवसायीले उक्त धारणा व्यक्त गरेका हुन्।व्यवसायीले सरकारसँग स्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्ने गरी व्यवसाय सञ्चालन गर्न दिनुपर्ने माग गरेका छन्।व्यवसायीले कोरोनाको भयावह अवस्था देखिएपछि विगतमा सरकारले लकडाउन गर्ने गरेको र त्यसले अर्थतन्त्रमा ठूलो असर