भारत बिकानेरमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको जनसभा

बेलबहादुर रजाली मगर/जयपुर (भारत) ।। मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बिकानेर नगर समितिको आयोजनामा फेब्रुअरी २८, २०२१ का दिन जनसभा सम्पन्न भएको छ । सभाको प्रमुख अतिथि मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य–पश्चिमोत्तर क्षेत्रीय समितिका अध्यक्ष बेलबहादुर रजाली हुनुहुन्थ्यो । प्रमुख अतिथि बेलबहादुर रजालीले कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मूल प्रवाहको आवश्यकताबारे व्याख्या गर्दै भारतस्थित नेपालीहरू भारतमा मात्र सङ्गठित हुने नभई नेपालमा चल्ने राष्ट्रियता, जनतन्त्र र जनजीविकासित सम्बन्धित आन्दोलनमासमेत सरिक हुने गरेको बताउनुभयो । कार्यक्रमका अन्य अतिथिमा क्षेत्रीय समितिका सल्लाहकार मङ्गलसिंह खड्का,सुदूर–पश्चिमोत्तर क्षेत्रीय समितिका सदस्य गिरुप्रसाद न्यौपाने, रक्तिम केन्द्रीय विभागका सदस्य हुकुमबहादुर जिसी, रक्तिम सुदूर पश्चिमोत्तर क्षेत्रीय विभागका उपाध्यक्ष बमबहादुर विष्ट र राष्ट्रिय जनमोर्चा दाङका नेता शिवप्रसाद पोखरेल हुनुहुन्थ्यो । सो कार्यक्रममा मूल प्रवाह नगर समितिका विष्णु केसी, महिला विभागकी अध्यक्ष कमला पाण्डे, सदस्य मनिषा भुलले पनि मन्तब्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन रामप्रसाद पोखरेलले, अध्यक्षता लोकबहादुर पाण्डेले र स्वागत मन्तव्य राजु सुनारले राख्नुभएको थियो । सहिदहरूको सम्झनामा एक मिनेट मौनधारण गरिएको उक्त कार्यक्रममा कलाकारहरूले गीतबाट स्वागत गर्नुभएको थियो ।