काठमाडौं– घरजग्गा व्यवसायीहरुको संस्था नेपाल जग्गा तथा आवास विकास महासंघ र नेपाल बैंकर्स संघबीच बुधबार भेटवार्ता भएको छ । महासंघका अध्यक्ष भेषराज लोहनीको नेतृत्वमा गएको टोलीले नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीसहितका पदाधिकारीसँग छलफल गरेको हो । सरकारले प्लानिङ पर्मिट लिएका आयोजनाहरूलाई कित्ताकाटमा सहजीकरण गर्ने निर्णय लिएपछि व्यवसायीहरुले बैंकरहरुलाई आवश्यक सहजीकरण गर्न आग्रह गरेका छन् […]