डेङ्गु नियन्त्रणमा प्रभावकारी कदम चाल्न आग्रह

कोरोना महामारी कायमै रहेको अवस्थामा देशव्यापी रुपमा फैलिएको डेङ्गु रोगका कारण नागरिकको स्वास्थ्य जोखिममा परेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । डेङ्गु संक्रमणबाट नेपालमा भदौ महिनामा एक जनाको ज्यान जानुका साथै पछिल्लो समय पाँच हजार बढी व्यक्ति बिरामी परेको पाइएको भन्दै आयोगले रोगको निदानमा प्रभावकारी कदम चाल्न सरकारसँग आग्रह गरेको छ ।  ‘नागरिकको स्वास्थ्य सम्बन्धी हकको संरक्षण गर्दै जीवनको अधिकार सुनिश्चित गर्न, डेङ्गु सङ्क्रमण गराउने जातका लाम