तनहुँमा राष्ट्रिय जनगणनाका लागि ४९० गणक परिचालन गरिने भएको छ । जिल्ला जनगणना कार्यालयले मूल गणनाका लागि ४९० गणक खटाउने भएको हो । यही कात्तिक २५ देखि मंसिर ९ गतेसम्म सञ्चालन हुने जनगणनाका लागि कार्यालयले आवश्यक तयारी थालेको छ । यसका लागि कार्यालयले गणकका लागि चारदिने तालिम दिएको छ । दशवटै पालिकामा खटिने गणकका लागि पाँच ठाउँमा तालिम सञ्चालन गरिसकिएको जिल्ला जनगणना अधिकारी नन्दलाल सापकोटाले जानकारी दिनुभयो ।