सभापतिको राजीनामा माग्दै एमालेले संसद्को लेखा समिति बैठक बहिस्कार गरेको छ । मंगलबार बिहान ११ बजे बोलाइएको बैठक केही ढिलो गरी सुरु भएको थियो । बैठकमा एमाले सांसदहरू विशाल भट्टराई र गोकुल बास्कोटा उपस्थित थिए । दुवै सांसदले लेखा समितिको नेतृत्व विपक्षी दलको हुनुपर्नेमा त्यसो नभएको र सरकारमा गएको एक वर्षसम्म पनि सत्तापक्षले सभापति नछोडेको भन्दै प्रश्न उठाए । त्यसपछि एमाले सांसदहरू बैठक छोडेर हिँडे । मंगलबार लेखा समितिमा वार्षिक प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची थियो । समिति बै