नेपाली कांग्रेसका नेता एवं केन्द्रीय सदस्य डा शेखर कोइरालाले संविधान संशोधन गरेर भए पनि निर्वाचन प्रणालीमा सुधार ल्याउनुपर्ने बताउनुभएको छ । संविधानमा उल्लिखित निर्वाचनसम्बन्धी व्यवस्थामा संशोधन गर्नुपर्ने उहाँले बताउनुभयो । कांग्रेसले सुरु गरेको समुदायमा कांग्रेस अभियानअन्तर्गत सोमबार झापाको दमकमा आयोजित सुझाव सङ्कलन तथा अगुवा कार्यकर्ताहरुसँगको अन्तरक्रियामा डा कोइरालाले आरक्षित समुदायका बीचमा मात्रै चुनावी प्रतिस्पर्धा हुने …