सत्ता साझेदार दलबीच भागबण्डा मिल्न नसक्दा मन्त्रिपरिषद् विस्तार गर्न नसकेका गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल उद्घाटनमा व्यस्त बन्न थालेका छन् । गत जेठ २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका पोखरेलले ५ सदस्यीय विनाविभागीय मन्त्री बनाएर असार १ मा बजेट ल्याएका थिए । तर, असार १ मा बजेट ल्याएपछि ४ गते संसदबाट विश्वासको मत लिएका पोखरेलले मुख्यमन्त्री बनेको तीन सातासम्म पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेका हुन् । लामो समयसम्म मन्त्रिमण्डल विस्तारमा चासो नदिएको भन्दै ग