काठमाडौं, मंसिर १५ । मौद्रिक नीतिको समीक्षासँगै निरन्तर ओरालो लागेको शेयर बजार बुधबार चौथो दिनमा सामान्य अंकले सकारात्मक रह्यो । मंगलबार नगन्य अंकले ऋणात्मक रहेको नेप्से यस दिन उतार चढावबीच ५ अंकले सकारात्मक रहेर २६ सय ३३ कायम भएर थामियो । कारोबार भने थप खुम्चियो । यस दिन कारोबार ३ अर्ब तलै सीमित रह्यो । […]