स्याटेलाइट कम्पनी 'हेलो नेपाल'को अनुमतिपत्र खारेज

नेपाल दूरसञ्चार प्राधिकरण सञ्चालक समितिको बैठकले बक्यौता रकम भुक्तानी नगरेको भन्दै हेलो नेपाललाई दिइएको अनुमतिपत्र खारेज गर्ने निर्णय गरेको हो।

सम्बन्धित सामग्री

हेल्लो नेपाललाई खारेजीको पत्र

हेल्लो नेपाल ब्रान्डले परिचित नेपाल स्याटेलाइट टेलिकमलाई नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिपत्र खारेजीको पत्र पठाएको छ । प्राधिकरणले सोमबार पत्र पठाउँदै आधारभूत दूरसञ्चार सेवा उपलब्ध गराउन पाउने कम्पनीको अनुमतिपत्र खारेज गरिएको जनाएको हो । अनुमतिपत्रको किस्ता रकम समयमै नबुझाएपछि प्राधिकरणको सञ्चालक समि

हेलो नेपालको लाइसेन्स खारेज

काठमाडौं । नेपाल स्याटेलाइट टेलिकम प्रालि (हेलो नेपाल)ले निर्धारित समयमा बक्यौता नतिरेपछि लाइसेन्स अनुमति खारेज गरिएको छ । अजेयराज सुमार्गीको नाममा रहेको उक्त कम्पनीले तिर्नुपर्ने बक्यौता नतिरेको भन्दै दूरसञ्चार प्राधिकरणले अनुमति खारेज गरेको हो । दूरसञ्चार प्राधिकरणको हालैको बोर्ड बैठकले हेलो नेपालको लाइसेन्स खारेज गर्ने निर्णय गरेको प्राधिकरणका निर्देशक सन्तोष पौडेलले जानकारी दिए । उनका अनुसार पछिल्लो समय बक्यौता तिर्ने प्रतिबद्धता समेत कम्पनी व्यक्त गरेको थियो । हेलो नेपाल यसअघि पनि खारेजी प्रक्रियामा परेको थियो । तर बक्यौता तिर्ने प्रतिबद्धता गरेपछि गतवर्ष रोकिएको थियो । प्राधिकरणका निर्देशक पौडेलका अनुसार दूरसञ्चार ऐनबमोजिम नै हेलो नेपालको अनुमति खारेज गरिएको हो । प्राधिकरणका अनुसार १७ साउन २०७६ मा बक्यौता नबुझाएको भन्दै प्राधिकरणले यस कम्पनीको अनुमतिपत्र खारेज गर्ने निर्णय गरेको थियो । त्यतिखेर कम्पनीलाई त्यसको पुनरवलोकनका लागि समेत अवसर दिइएको थियो । तत्कालीन मन्त्रिपरिषद्को बैठकले नै किस्तामा बक्यौता तिर्ने सुविधा दिएको थियो । मन्त्रिपरिषद्को बैठकले त्यो अन्तिम अवसर भएको र त्यसपछि प्राधिकरणले ऐनबमोजिम गर्नुपर्ने बताएको थियो । किस्ता सुविधा दिएपछि जम्मा एक किस्ता तिरेको प्राधिकरणका उपनिर्देशक अच्युतानन्द मिश्रले बताए । तत्कालीन मन्त्रिपरिषद् बैठकको निर्णयानुसार प्राधिकरणले नेपाल स्याटेलाइट प्रालिलाई पाँच वर्षमा १ अर्ब ३८ करोड ७२ लाख ५३ हजार बक्यौता किस्तामा भुक्तानी गर्न समय दिएको थियो, जसअनुसार कम्पनीले पहिलो किस्तास्वरूप २०७७ असार मसान्तमा २१ करोड ५१ लाख पहिलो किस्ता बुझाइसकेको छ । यस्तै, कम्पनीले दोस्रो वर्ष अर्थात् २०७८ को असार मसान्तसम्म ३३ करोड ९८ लाख बुझाउनुपर्नेमा त्यो बुझाएन । त्यस्तै, तेस्रो वर्ष ३० करोड ८६ लाख, चौथो वर्ष २७ करोड ७४ लाख र पाँचौं वर्ष २४ करोड ६३ लाख भुक्तानी गर्नेगरी समय दिएको थियो । नियमित किस्ता नतिरेपछि प्राधिकरणले ‘एक्सन’ लिएको अधिकारीहरू बताउँछन् । असार मसान्तसम्ममा तोकिएको बक्यौता रकम भुक्तानी नगरेपछि गत कात्तिक ५ गते बसेको प्राधिकरणको बोर्ड बैठकले हेलो नेपालसँग भुक्तानीको विषयमा जानकारी माग गर्ने निर्णय गरेको थियो ।

हेलो नेपालको अनुमतिपत्र फेरि खारेजी प्रक्रियामा

नेपाल स्याटेलाइट टेलिकम प्रालि (हेलो नेपाल) को अनुमतिपत्र खारेज हुने भएको छ ।सरकारलाई बुझाउनुपर्ने बक्यौता राजस्वको किस्ता समयमै नबुझाएपछि नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले हेलो नेपालको लाइसेन्स खारेजीका लागि प्रक्रिया अघि बढाएको हो ।दूरसञ्चार क्षेत्रको नियामक निकाय प्राधिकरणको बोर्ड बैठकले नेपाल स्याटेलाइट टेलिकमलाई ‘अनुमतिपत्र किन खारेजी नगर्ने’ भन्दै स्पष्टीकरण सोधेको छ । कम्पनीलाई १५ दिनभित्र […]

सुमार्गीको हेलो नेपालसहित तीन कम्पनीको लाइसेन्स खारेज गर्ने निर्णय बदर

काठमाडाैँ – नेपाल दूरसञ्चार प्राधिकरणको नेपाल स्याटेलाइट टेलिकमको अनुमतिपत्र खारेज गर्ने निर्णय सरकारले बदर गरेको छ। व्यवसायी अजयराज सुमार्गीको स्वामित्वमा रहेको हेलो नेपालसहितस्मार्ट टेलिकम र वेब सर्फर कम्युनिकेसनको लाइसेन्स खारेज गर्ने ...