काठमाडौं (अस) । नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले गत वर्षको दशैं–तिहार अवसरमा ल्याएको ‘यसपालिको दशैं–तिहार वेलकम टू हुन्डाई परिवार’ अफरको बम्पर विजेताको नाम घोषणा गरेको छ ।
अफरमा हरेक नयाँ हुन्डाई गाडी खरिदमा ग्राहकले आकर्षक नगद छुट र एक वर्षका लागि निःशुल्क बीमा, स्क्र्याच कार्डमार्फत थप १ लाख रुपैयाँसम्मको नगद छुटको व्यवस्था थियो ।
बम्पर उपहारअन्तर्गत लक्की ड्रमार्पmत १–१ जना विजेतालाई हुन्डाई ग्र्यान्ड आईटेन नियोज (मांगा) र हुन्डाई अउरा (एस) जित्ने मौका थियो ।
अफरका विजेताको घोषणा हिमालय टिभीमा लाइभ लक्की ड्रमार्फत गरिएको हो ।
पहिलो बम्पर लक्की ड्रअन्तर्गत, कुपन नम्बर १४४५, मैतीदेवी, काठमाडौंका श्यामप्रसाद पौडेलले हुन्डाई ग्र्यान्ड आईटेन नियोज (मांगा) जितेका छन् । अफरको दोस्रो तथा अन्तिम बम्पर लक्की ड्रअन्तर्गत कुपन नम्बर १६१७, भरतपुर, चितवनका चेतनारायण सापकोटाले हुन्डाई अउरा (एस) जिते ।
योजना ०७७ असोज ५ देखि मंसिर ५ गतेसम्म लागू गरिएको थियो । कार्यक्रममा कन्ज्युमर आई नेपालकी अध्यक्ष विमला खनाल तथा पूर्वराष्ट्रिय फुटबल क्याप्टेन अनिल गुरुङ सहभागी थिए ।