युक्रेनी राष्ट्रपतिले यूरोपेली संसदको विशेष बैठकलाई सम्बोधन गर्दै के-के भने ?

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मङ्गलबार युरोपेली संसद्को विशेष बैठकलाई भिडिओमार्फत् सम्बोधन गर्दै युक्रेनलाई कसैले भङ्ग गर्न नसक्ने बताएका छन् । उनले यूक्रेनले रूसको आक्रमणको सबै क्षेत्रबाट प्रतिरोध गरिरहेको बताउँदै भने, “यूक्रेनी राष्ट्रियतालाई कमजोर पार्ने सोच नराख्नु रूसका लागि उचित हुनेछ ।” उनले आफूले युद्ध नचाहेको तर यूक्रेनविरूद्ध हुने आक्रमणसँग डराएर नभाग्ने बताए । यसैबीच मङ्गलबार पनि रूसी आक्रमणका कारण युक्रेनभरि गैरसैनिकहरूको ज्यान गइरहेका विवरण प्राप्त