काठमाडौं : जाडो मौसममा बालबालिकादेखि वृद्धसम्म धेरैलाई सताउने स्वास्थ्य समस्यामध्ये एक हो निमोनिया।यो मौसममा अस्पताल पुग्नेमध्ये धेरैमा श्वास प्रश्वाससम्बन्धी समस्या देखिन्छ भने त्यसमध्ये पनि धेरैमा निमोनिया देखिन्छ। चिसोका कारण धेरैमा रुघाखोकी तथा घाँटीको समस्या देखिन्छ तर धेरैले सामान्य मानेर अस्पताल नजाने गरेको पाइन्छ।तर रुघाखोकीलाई सामान्य मानेर समयमै उपचार नगरे निमोनिया हुन सक्छ। निमोनिया भएपछि समयमै उपचार गरिएन भने यसले स्वास्थ्यमा जटिलता थपिदिन्छ।फोक्सोम