रुकुम (पूर्व) : भूमे गाउँपालिका–५ स्थित बालुवामा उत्तरगङ्गा नदी र रुकुमगाड खोलाले रातदिन जमिन कटान गरिरहेको छ। नदी किनारका बस्ती उच्च जोखिममा परिसकेका छन्। तर, सरोकारवाला निकायले नागरिकको जीउधन बचाउनेतर्फ ध्यान दिइरहेको छैन।बर्खा शुरू भएदेखि नै बालुवामा रहेको खेतीयोग्य जमिनलाई दुई तिरबाटै नदी र खोलाले रातदिन कटान गरिरहँदा अहिले बस्ती नै उच्च जोखिममा परेको हो।मकैबाली रहेको खेतीयोग्य जमिनलाई एक तिरबाट उत्तरगङ्गा नदी र अर्काे पट्टिबाट रुकुमगाड खोलाले कटान गरिराखेको स्थानीय वि