भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी) का महासचिव सीताराम यचुरीलाई पुत्रशोक परेको छ । उनका छोरा आशिष यचुरीको कोरोना भाइरसका कारण ३५ वर्षकै उमेरमा निधन भएको छ । यचुरीले सामाजिक सञ्जालमार्फत आफ्ना जेठा छोराको निधन भएको दुखद् घोषणा गरेका हुन् ।आगामी जुनमा आशिष ३५ वर्षको पुुग्नेवाला थिए । संक्रमणसँग दुुई सातासम्म लडेपछि पत्रकार आशिषले दिल्लीको गुुर्गाउँस्थित मेदान्त अस्पतालमा दम तोडेका हुन् । ‘मलाई धेरै दुख लागेको छ कि मेरा जेठा छोराको निधन यसै मिहना भयो । उनको उपचार गर्ने र आशा जगाउने डाक्टर,