गठबन्धनको सरकार भएकोले राजदूत नियुक्तिमा ढिला भयो : मन्त्री खड्का

परराष्ट्रमन्त्री नारायण खड्काले छिट्टै रिक्त स्थानमा राजदूत नियुक्त गर्ने बताएका छन् । सोमबार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री खड्काले गठबन्धनको सरकार भएकोले सबै कुरा मिलाएर राजदूत नियुक्ति गर्नुपर्ने भएको र एमसीसी परियोजना पास गर्ने काममा सरकार अल्झिएकाले ढिलाई भएको बताए । उनले रिक्त रहेको स्थानमा राजदूत छिट्टै नियुक्त हुने बताए । पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव भरतराज पौड्यालले युक्रेनमा अब थोरै संख्यामा मात्र नेपाली रहेको बताउँदै उनीहरुको उद्धारका लागि  विदेशको