नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको भावी सभापतिमा उम्मेदवारी दिने तयारीस्वरूप सम्पर्क कार्यालय सञ्चालनमा ल्याउने भएका छन् ।
कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदका लागि उम्मेदवारी दिने बताउँदै आएका निधिले 'सभापति पदका उम्मेदवार' उल्लेख भएको ब्यानर समेत फेसबूकमा राखेका छन् ।
'नेपाली कांग्रेसको १४औं महाधिवेशनमा मैले सभापति पदमा उम्मेदवारी दिने निर्णय गरेको सम्बन्धमा यहाँहरू जानकार नै हुनुहुन्छ। यसै शिलशिलामा बानेश्वरस्थित बानेश्वर बैंकेटमा मेरो सम्पर्क कार्यालय शुभारम्भ हुन गइरहेको पनि सहर्...